काठमाडौं । ठुलोदुर्लुङ युवा क्लबले प्रथम महांकाल च्याम्पियनसिप अन्तर वडा भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
ललितपुरस्थित महांकाल गाउँपालिकामा भएको फाइनलमा कालेश्वर वडा-४ लाई हराउँदै ठुलोदुर्लुङ च्याम्पियन बनेको हो ।
यस्तै प्रतियोगितामा गोटिखेल जनहित क्लब तेस्रो र मनिखेल वडा चौंथो भयो ।
प्रतियोगिताको विजेताले ३० हजारसहित मेडल कप र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार प्राप्त गर्दा चौथो हुनेले ५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी दमन केसी चुनिए । उनले ३ हजार प्राप्त गरे ।
प्रतियोगितामा राम बहादुर तामाङ भाग्यमानी दर्शक बन्दै ३ हजार प्राप्त गरे ।
महांकाल सामाजिक स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन महांकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले गरेका थिए ।
प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि महांकाल गाउँपालिका उपाध्यक्ष कमला लामा लगायतले पुरस्कृत गरे ।