बागमती क्लबलाई जर्सी सहयोग
२०२१ फेब्रुअरी २६, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । एसआर कन्स्ट्रक्सनका प्रोपाइटर रामकृष्ण केसीले बागमती क्लबलाई खेलकुद सामग्री सहयोग गरेका छन् ।
बागमती नगरपालिकाका बासिन्दा केसीले क्लबलाई दुई रंगको २२ सेट जर्सी, ३ सेट गोलकिपर जर्सी सहयोग गरेका हुन् ।
क्लबका अध्यक्ष किस्मत राज मैनालीले केसीले निभिया ब्राण्डको जर्सी सहयोग गरेको जानकारी गराए । उनले नेपालमा पहिलोपटक निभियाको जर्सी प्रयोग गरिएको समेत उनले बताए ।
यस अघि उनको कम्पनिले १ सय ५० सीसीको पल्सर मोटरसाइकल र १० लाख सहयोग गरेका थिए ।
क्लबले आगामी चैतमा आयोजना हुने राजश्री जनक फुटबलमा उक्त जर्सी प्रयोग गर्ने छन् ।
प्रतियोगिता २१ चैतबाट सुरु हुनेछ ।