मध्यपुर युथको पहिलो जित
२०२१ फेब्रुअरी २६, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा टुसाल युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मध्यपुरले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन धिरज श्रेष्ठ र कैलाश लामिछाने खत्रीले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६० औं कैलाशले गोल गर्दै मध्यपुरलाई २-० को जित दिलाए ।
जितसँगै मध्यपुरले ७ खेलमा ४ अंक जोडेको छ । मध्यपुर ११ औं स्थानमा उक्लिएको छ ।
टुसाल ७ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।