मेस्सीलाई बार्सिलोनामै राख्ने योजना

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्षको उम्मेदवार जोन लार्पाेटाले कप्तान लियोनल मेस्सीलाई क्लबमै राख्ने आफ्नो योजना रहेको बताएका छन् ।
लार्पाेटाले अध्यक्षको पदमा निर्वाचित भएका मेस्सीलाई क्लबमै राख्ने आफ्नो योजना रहेको बताएका हुन् ।
अर्जेन्टिनाका स्ट्राइकर मेस्सीको यस सिजनको अन्त्यसंगै बार्सिलोनासँगको सम्झौता सकिदैछ ।
बार्सिलोनासँगको सम्झौता सकिएसँगै मेस्सी फ्री एजेन्टमा अन्य क्लब जान सक्ने छन् ।
‘लियोनल मेस्सीलाई राख्नका लागि बार्सिलोनाले निरन्तर जित्छ भन्नेमा विश्वस्त बनाउनु पर्छ । हामी क्याटलानले पुन: टिम खडा गर्नु पर्छ,' लार्पाेटाले भने, 'मेरो विचारमा उसलाई रहनको लागि मायाको महसुस गराउनुपर्छ । हामी उ खुशी भएको हेर्न चाहन्छौ । यदि यस्तो भएमा हामीले फेरी त्यो सबै कुरा पाउछौ ।’
क्लबले सिनियर खेलाडीलाई निकालेपछि मेस्सी क्लबसँग खुशी नभएको बताईएको छ ।
बार्सिलोनाले यसै सिजन स्ट्राइकर लुइस स्वारेज, अर्टुरो भिडाललाई बेचेको थियो । जसको कारण यस सिजन लियोनल मेस्सीको प्रर्दशन तथा बार्सिलोनाको खेलमा असर परेको छ ।
बार्सिलोनाको अध्यक्षका लागि मार्चमा निर्वाचन हुँदैछ । जसमा लार्पाेटाले पनि उम्मेदवारी दिएका छन् ।
३३ वर्षीय मेस्सीले सिजनको अन्त्यसंगै क्लब छाड्ने बताईएको छ । किनकी पछिल्लो समय बार्सिलोनाको प्रदर्शन खराब र उपाधि विहीन हुँदै आइरहेको छ ।
मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको छ ।