लिभरपुलका हेण्डरसन ८ हप्ता मैदान बाहिर
२०२१ फेब्रुअरी २६, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेण्डरसन करिब ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।
खुट्टाको ग्रोईन चोटको शल्यक्रिया गरेपछि हेण्डरसन ८ साता मैदान बाहिर रहने भएका हुन् ।
हेण्डरसन आगामी अप्रिलसम्म मैदान बाहिर हुने छन् ।
यस्तै मिडफिल्डर हेण्डरसनको शल्यक्रिया सफल भएको बताईएको छ ।
प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदानमा एभर्टनविरुद्धको खेलमा उनले चोट बोकेका थिए ।
हेण्डरसनले चोट बोकेपछि लिभरपुलले उनको स्थानमा फिलिप्सलाई मैदान पठाएको थियो ।
उक्त खेलमा एभर्टनसँग लिभरपुल २-० ले पराजित भएको थियो ।