काठमाडौं । ढोरपाटन भलिबल क्लबको आयोजनामा प्रादेशिक भलिबल रेफ्री कोर्स सुरु भएको छ ।
बसपार्कस्थित ढोरपाटनको मैदान र साउथ वेस्टन कलेज बसुन्धरामा सुरु कोर्समा विभिन्न जिल्लाका १ सय ५ रेफ्रीहरुको सहभागिता रहेको छ ।
नेपाल भलिबल संघको स्वीकृतिमा सञ्चालन भएको कोर्समा ३६ जिल्लाबाट छानिएर आएका रेफ्रीहरु रहेका छन् ।
जसमा सामान्य प्रतियोगिता खेलाइरहेका रेफ्री, जिल्ला भलिबल संघका रेफ्री तथा खेलाडीहरु रहेका छन् ।
प्रादेशिक भलिबल रेफ्री कोर्समा अन्तराष्ट्रिय रेफ्री गौतम लासिबाले प्रशिक्षण दिने छन् ।
यस्तै भिआइएसका संयोजक विजय बादे, एसियन रेफ्री विजय केसी र विकास गुरुङ तथा अन्तराष्ट्रिय रेफ्री कुल बहादुर रानाले पनि प्रशिक्षण दिने छन् ।
फिल्ड रेफ्रीमा खुम गाउले र अशोक थापा छन् ।
कोर्समा पूर्व भलिबल प्रशिक्षक कपिल श्रेष्ठले पनि कक्षा लिनेछन् ।
रेफ्री कोर्सको परीक्षा सैद्धान्तिक र व्यवहारिकको आधारमा लिइनेछ ।
ढोरपाटनका अध्यक्ष मनवीर छन्त्यालले भलिबलको दक्ष जनशक्ति तयार पार्न कोर्सको आयोजना गरिएको बताए ।
‘भलिबलको दक्ष जनशक्ति तयार पार्न पाउदा हामीलाई धेरै खुशी र गर्व लागेको छ । भलिबल संघलाई पनि धन्यवाद दिन चाहन्छु उहाँहरुले हामीलाई भलिबलको लागि दक्ष जनशक्ति तयार पार्न अवसर दिनुभयो,’ छन्त्यालले खेलपाटीसँग भने ।
जिल्ला भलिबल संघ काठमाडौंको सहयोगमा सुरु कोर्स फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।