काठमाडौं । स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीले नेपाली राष्ट्रिय भलिबल टिमलाई प्रायोजन गरेको छ ।
नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
संघका अध्यक्ष मनोरन्जन रमण शर्मा र केल्मीको नेपाल प्रमुख प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
केल्मीले भलिबल टिमलाई दुई वर्षको लागि प्रायोजन गरेको हो । पहिलो पटक भलिबल टिमले प्रायोजन पाएको हो ।
सम्झौता रकम भने खुलाईएको छैन ।
सम्झौतासँगै केल्मीले संघलाई २ सय ५० वटा भलिबल बल उपलब्ध गराउने छ ।
यस्तै केल्मीले महिला र पुरुषका लागि ट्रयाकसुट २०/२० सेट, अफिसियलका लागि जर्सी, खेलाडीका लागि जुत्ता मोजा, ट्रेनिङ जर्सी आदि उपलब्ध गराउने छ ।
यस्तै राष्ट्रिय भलिबल टिमले अन्तराष्ट्रिय प्रतियोगितामा केल्मी अंकित जर्सी लगाउने छन् । नेपाली महिला टोलीले आगामी भदौंमा चीनमा आयोजना हुने एसियन च्याम्पियनसिप खेल्दैछ ।
त्यसै भलिबल संघले स्वीकृत प्रदान गरेको प्रतियोगितामा केल्मीको भलिबल प्रयोग गर्नु पर्नेछ ।
केल्मी नेपाली राष्ट्रिय फुटबल टोलीको प्रायोजक समेत हो । भलिबल संघले स्वीकृत प्रदान गर्ने सबै प्रतियोगितामा केल्मीको भलिबल प्रयोग गर्नुपर्नेछ ।
सम्झौतापछि बोल्दै केल्मीका नेपाल प्रमुख न्यौपानेले नेपाली खेलकुद जगतमा योगदान पुर्याउन पाएकोमा खुसी भएको बताए ।
'केल्मी नेपालमा ल्याएर खेल जगतमा याेगदान गर्न पाएका छौँ । राष्ट्रिय खेलसँग सम्झाैता गर्न पाउँदा धेरै खुसी नै छु,' उनले भने, 'कम्पनीले भलिबललाई प्राथमिकता दिएकाे छ । त्यही अनुसार भलिबललाई राजेका छौँ ।'
संघका महासचिब जितेन्द्र बहादुर चन्दले केल्मीको जर्सीमा महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने बताए । उनले टिमले राम्रो गरेको खण्डमा भलिबलले राम्रो प्रायोजक पाउनेमा आफु विश्वस्त रहेको समेत बताए ।