काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शीर्ष डिभिजन क्लबसँग छलफल गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाले आइतबार 'ए' डिभिजन क्लबसँग छलफल गरेको हो ।
छलफलमा एन्फाले क्लबको कानुनी प्रक्रिया र युवा विकास कार्यक्रमबारे जानकारी गराएको थियो ।
यस्तै एएफसी क्लब लाइसेन्स र एन्फाको राष्ट्रिय क्लब लाइसेन्सको नियम र प्रक्रियाबारे जानकारी गराईएको थियो ।
एन्फाले हालै 'ए' डिभिजन लिग खेल्न क्लबलाई एन्फा लाईसेन्स अनिवार्य गरेको छ ।
यस्तै एएफसीको प्रतियोगिता खेल्ने क्लबसँग एएफसी लाईसेन्स हुनु पर्नेछ ।