पोखरा । पोखरामा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
पोखरा रंगशालामा आयोजना हुने पुरुषतर्फको फाइनलमा तनहुँ र स्याङ्जा भिड्ने छन् ।
शुक्रबार भएको सेमिफाइनलमा तनहुँले म्याग्दी र स्याङ्जाले पर्वतलाई हराएर उपाधि भिडन्त पक्का गरेका हुन् ।
महिलातर्फको उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने छन् ।
सेमिफाइनलमा म्याग्दीले तनहुँ र पर्वतले कास्कीलाई हराएको थियो ।
कास्की जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्दा तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।