पोखरा । पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनलमा म्याग्दी र पर्वत भिड्ने भएका छन् ।
पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा म्याग्दीले तनहुँलाई ३-० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
म्याग्दीले तनहुँमाथि २५-११,२५-१९ र २५-१३ को सेटमा पराजित गर्यो ।
यस्तै दोस्रो सेमिफाइनलमा पर्वतले कास्कीलाई हराएर म्याग्दीसँगको भेट पक्का गर्यो ।
पर्वतले कास्कीमाथि २५-१५, २५-२३ र २५-१२ को सेटमा जित निकाल्यो ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।