काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले प्राथमिकताको सूचिमा समावेश गरी कोरोनाबिरुद्धको खोप खेलकर्मी र स्वयम सेवकलाई उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसंग आग्रह गरेको छ ।
मन्त्रालयले पत्र लेख्दै प्राथमिकताको सूचिमा समावेश गरी कोरोनाबिरुद्धको खोप सेवा खेलाडी तथा खेलकर्मी र स्काउटमा रहेका स्वयम सेवकलाई उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयले झण्डै ९ सय खेलकर्मी र साढे ३ सय स्वास्थ्य कर्मीलाई प्राथमिकताको सूचिमा राखेप खोप उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै खेलकर्मीलाई पायक पर्ने खोप केन्द्रमा सेवा उपलब्ध गराउन आग्रह गरेका छन् ।
‘राष्ट्रको नाम र प्रतिष्ठामा जीवन जिउने खेलकर्मीहरुको खेल जीवनलाई प्रभावकारी रुपमा अघि बढाउन सहयोगका लागि हार्दिक अनुरोध छ ।’ मन्त्रालयद्धारा लिखित पत्रमा भनिएको छ ।
सरकारले जोखिमपुर्ण अवस्थामा रहेका सर्वसाधारणलाई खोप लगाउन सुरु गरेको छ । सोही अवस्थामा मन्त्रालयले समेत खेलकर्मी र स्वयम सेवकलाई खोप लगाउन पहल थालेको हो ।