पोखरा । 'मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता' आजबाट सुरु हुँदैछ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो दिन आज महिला र पुरुष दुबैतर्फको खेल हुनेछ ।
पहिलो खेलमा महिलाको समूह 'ए' को म्याग्दी जिल्ला र नवलपुर जिल्लाबीच खेल हुनेछ ।
यस्तै दोस्रो खेलमा पर्वत र स्याङ्गजा भिड्ने छन् । तेस्रो खेलमा तनहु र लमजुङबीच खेल हुनेछ ।
पुरुषतर्फ पहिलो आज चार खेल हुनेछ । पुरुषको पहिलो खेलमा तनहु र मुस्ताङबीच खेल हुनेछ ।
दोस्रो खेलमा स्याङ्गजा र कास्की, तेस्रो खेलमा बाग्लुङ र म्याग्दी तथा अन्तिम खेलमा नवलपुर र गोरखा भिड्ने छन् ।
हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।
पाँच दिन चल्ने प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २/२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १/१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् ।
प्रतियोगिताको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले समुद्घाटन गर्ने कार्यक्रम छ ।