पोखरा । टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा घनश्याम चौधरी र उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको पुरुषतर्फ गण्डकीका घनश्याम र महिलातर्फ नेपाल पुलिस क्लबकी उषा सर्वोत्कृष्ट घोषित भएका हुन् ।
आफ्नो टिमलाई प्रतियोगिताको उपाधि दिलाउन दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सर्वोत्कृष्ट बनेका दुबैले जनही २०–२० हजार प्राप्त गरे ।
यस्तै पुरुषतर्फ आर्मीका धन बहादुर भट्ट उत्कृष्ट स्पाइकर, आर्मीकै हरि अधिकारी उत्कृष्ट ब्लकर, गण्डकीका सुजन चोखाल उत्कृष्ट सेटर र गण्डकीका राजन दर्लामी मगर उत्कृष्ट डिफेन्डर चुनिए ।
महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, एपीएफकै हिरा केसी उत्कृष्ट ब्लकर, न्यु डाईमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर र नेपाल पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्डर घोषित भईन्।
उनीहरुले जनही ५–५ हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश र महिलातर्फ पुलिस क्लबले जितेको छ ।