काठमाडौं । दीपजल ढुंगानाले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । दीपजलले अनिल तामाङलाई ३–१ ले पराजित गरे ।
अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा सञ्जय तामाङले कुशल तामाङलाई ३–१, सन्तोष भुसालले विवेक कट्टेललाई ३–१ र मिलन लामाले सोहन लोहनीलाई ३–१ ले हराए ।
त्यस्तै श्याम वाइबाले विराज लामालाई ३–१, सफिर राजकर्णिकारले नवराज मगरलाई ३–०, सुमन थापाले आक्रित जोशीलाई ३–२ तथा आशिष तामाङले श्रीरामलाई ३–१ ले हराए ।
पुरस्कार राशी र खेलाडी सहभागिताका हिसाबले प्रतियोगिता नेपाली स्नुकर इतिहासकै सर्वाधिक ठूलो हो । प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी छन् ।