बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. एनएनआईपीए स्पोर्टस अवार्डलाई प्लाजा होटलको प्रायोजन

एनएनआईपीए स्पोर्टस अवार्डलाई प्लाजा होटलको प्रायोजन

२०२१ फेब्रुअरी १०, बुधबारखेलपाटी संवाददाता

एनएनआईपीए स्पोर्टस अवार्डलाई प्लाजा होटलको प्रायोजन

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्डलाई प्लाजा होटल ग्रुपले प्रायोजन गरेको छ ।

खेलाडी संघले बुधबार प्लाजा होटल ग्रुपसँग दुई वर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै प्लाजा होटल अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा रहनेछ ।

एनएनआईपीए स्पोर्टस अवार्ड आगामी फागुन ८ गते मध्यपुर ठिमी नगरपालिकाको निगु पुखुमा हुनेछ ।

No description available.

संघले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको जानकारी दिएको छ ।

यस विधालाई स्काई ब्रान्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने बताईएको छ ।

गत वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ ।

सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

यस्तै, सर्वोकृष्ट महिला र पुरुष खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित संघले सम्मान गर्दै आएको छ ।

अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी संघले जनाएको छ ।

संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेताका छनोट दीपक विष्ट संयोजकत्वको छनोट समितिले चयन गर्ने आयोजक संस्थाले जनाएको छ ।

अवार्ड कार्यक्रममा एक जना खेलकर्मीलाई गजराज जोशी आदर्श खेलाडी र एक जना खेल पत्रकार वा फोटो पत्रकारलाई एनएनआइपीए खेल पत्रकारिताबाट पुरस्कृत गरिने खेलाडी संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

Bhat Bhateni
इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ