काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तथा फुटसल कमिटिका संयोजक रत्न कुमार श्रेष्ठलाई मातृशोक परेको छ ।
श्रेष्ठको ममतामयी आमा पित्त कुमारी श्रेष्ठको मंगलबार ६७ वर्षको उमेरमा निधन भएको छ ।
मेडीसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा श्रेष्ठको आमाको निधन भएको हो ।
स्व. श्रेष्ठलाई रगत सम्बन्धिको रोग लागेको बताईएको छ ।