झापा । प्रथम मिक्लाजुङ्ग खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक मिक्लाजुङ्ग युवा समूहले जितेको छ ।
मंगलबार भएको फाईनलमा बिमान ट्रेडर्स बिर्तामोडलाई पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा आयोजकले बिमान ट्रेडर्सलाई २६–२४, २५–२१, २३–२५ र २५–२३ ले पराजित गर्यो ।
उपाधिसँगै आयोजकले नगद १ लाख १ हजार प्राप्त गरेको छ । उपविजेता बनेको बिमानले ५० हजार ५० मा चित्त बुझायो ।
प्रतियोगितामा म्यान अफ दि सिरीजको उपाधि आयोजकका नबिन महतोले हात पारे ।
त्यस्तै बेष्ट सटर आयोजककै मिलनचन्द ठकुरी घोषित भए । बेष्ट लिब्रोका बिमानका गणेश कटवालले पाए ।
प्रतियोगिताको विजेता तथा उप–विजेताहरुलाई प्रमुख अतिथि मिक्लाजुङ्ग गाउँपालिकाका प्रमुख देवी प्रसाद आचार्य, उप–प्रमुख सरला राई, खेल संयोजक सुरेन थापा लगायतले पुरस्कृत गरे ।