काठमाडौं । दोस्रो संस्करणको वीर गणेशमान सिंह १०-के रोड रेस प्रतियोगिता चैतमा आयोजना हुने भएको छ ।
आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत ७ गते शनिबार हुने जनाएको छ ।
रोड रेसको महिला र पुरुषतर्फको विजेताले ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार पाउने छन् l
छैटौं देखि दशौँसम्मलाई समान ४/४ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने प्रतियोगिता संयोजक सन्जीब तुलाधरले जानकारी गराए l
यस्तै दौडमा अघिल्लो वर्षको कीर्तिमान भंग गर्नेलाई १० हजारबाट पुरस्कृत गरिनेछ l
रुट्स फेसनको मुख्य प्रायोजनमा हुने रेस १० किलोमिटरको हुनेछ ।
दौड शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक,रत्नपार्क, भद्रकाली,शहीदगेट, विर हस्पिटल, भोटाहिटी, राजदरबार संग्राहलय दक्षिणगेट, केशरमहल,लैनचौर, लाजिम्पाट, महाराजगन्ज,शिवपुरी स्कुल,बालुवाटार, भाटभटेनी,टंगाल, वालमन्दिर,पुलिस हेडक्वाटर,गौरीधारा,राजदरबार उत्तर पूर्वमोड,नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुन: शेर्पा मल दरबार मार्गमा समापन हुनेछ l
प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका चर्चित खेलाडीको सहभागिता रहनेछ ।
