पोखरा । होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेका छन् ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यु डाईमण्डले सुखद सुरुवात गरेको हो ।
रोमान्चक बनेको खेलमा न्यु डाईमण्डले आर्मीमाथि २५-१२, २२-२५, १८-२५,२७-२५ र १५-१३ को सेटमा जित निकाल्यो ।
जितसँगै न्यु डाईमण्डले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । आर्मीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यस्तै पुलिसले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै सुखद सुरुवात गरेको हो ।
विभागीय डर्बीमा पुलिसले एपीएफमाथि २६-२४, २५-२२ र २५-११ को सेटमा जित निकाल्यो ।
जितसंगै पुलिसले ३ अंक जोडेको छ । एपीएफले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषमा समान ४/४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।