पोखरा । म्याग्दी जिल्ला भलिबल संघले पोखरामा आयोजना ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिताको लागि महिला र पुरुष टिमको घोषणा गरेको छ ।
म्याग्दीले अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय महिला टिमको घोषणा गरेको हो ।
अरुणा राष्ट्रिय महिला टिमकी कप्तान समेत हुन् ।
पुरुषतर्फ म्याग्दीले सुजन चोखालको कप्तानी टिमको घोषणा गरेको छ ।
प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २/२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १/१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् ।
गण्डकी प्रदेशको कास्की, स्याङ्जा, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङ र पर्वत गरी ११ वटै जिल्लाको सहभागिता रहनेछ ।