झापा । प्रथम मिक्लाजुङ्ग खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि विर्तामोड र आयोजक मिक्लाजुङ्ग भिड्ने भएका छन् ।
मनोहर जनता माविको खेल मैदानमा सोमबार जित निकाल्दै बिमान ट्रेडर्स बिर्तामोड र आयोजक मिक्लाजुङ्ग फाइनल पुगेका हुन् ।
बिर्तामोडले सेमिफाइनलमा गौरादह खेलकुद विकास समितिलाई २३-२५ ,२५–२०, २५–२३ र २५–११ सेटमा पराजित गर्यो ।
त्यस्तै आयोजकले दमक भलिबल संघलाई २५–२३, २७–२५ र २८–२६ को सेटमा हरायो ।
प्रतियोगिताको विजेताले नगद एक लाख एक हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ५० हजार पाँच सय प्राप्त गर्नेछ ।