काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीले एनसेल बाह्रखरी गल्फको उपाधि जितेका छन् ।
पोखराको हिमालयन गल्फ कोर्समा भएको प्रतियोगितामा कुल ३५ स्कोर गर्दै कार्कीले उपाधि जितेका हुन् ।
उपाधिसंगै कार्कीले सुनको बलसहित ट्रफी हात पारेका छन् ।
कार्कीका प्रतिद्वन्द्वी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरेका थिए । जसमध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारे ।
उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरे । जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए ।

बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे । त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए ।
महिलातर्फ २३ अंक जोडेकी रेखा घिमिरेले उपाधि जितिन् । पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् ।
६० वर्षमाथिका खेलाडीको स्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजयी भए ।
पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधि हात पारे । त्यस्तै क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डइभको उपाधि जिते ।
क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे । उनी होल इन गर्नबाट ६ इञ्चको दुरीबाट चुकेका थिए ।
