पोखरा । कास्की जिल्ला भलिबल संघले पोखरामा आयोजना ‘मुख्यमन्त्री कप महिला तथा पुरुष अन्तर जिल्ला’ भलिबल प्रतियोगिताको लागि महिला टिमको छनोट गरेको छ ।
कास्कीले प्रतियोगिताको लागि १२ सदस्सीय टिमको घोषणा गरेको हो ।
टिममा ममता डगौरा, रुपा थापा,सरस्वती सुनार, सम्पदा गुरुङ, अनुशा हारमन,अंशु थापा, प्रमिला अधिकारी,रमिला नेपाली, सबिना पौडेल,अन्सु सुनार,विपना नेपाली र गीता थापा रहेकी छिन् ।
बैकल्पिक खेलाडीमा सम्झना नेपाली, सिमाना गुरुङ र सपना गोदार रहेकी छिन् ।
प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २/२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १/१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५/५ हजार पाउने छन् ।
गण्डकी प्रदेशको कास्की, स्याङ्जा, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङ र पर्वत गरी ११ वटै जिल्लाको प्रतियोगितामा सहभागिता रहने संघले जनाएको छ ।