काठमाडौं । राष्ट्रिय भलिबल टिमका कप्तान ईम राना मगर र प्रतिभा मालीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् ।
नेपाल भलिबल संघका अध्यक्ष समेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्ड पुरुषतर्फ ईम र महिलातर्फ प्रतिभालाई प्रदान गरिएको हो ।
ईम नेपाल पुलिस क्लबका कप्तान समेत हुन् । प्रतिभा न्यु डाईमण्ड एकेडेमीबाट खेल्ने गर्छिन ।
अवार्डसँगै ईम र प्रतिभाले समान ३५/३५ हजार नगद प्राप्त गरे ।
अवार्ड कार्यक्रममा अध्यक्ष शर्मा र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले उनीहरुलाई नगद प्रदान गरेका थिए ।
भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएपछि शर्माले १० लाखको अक्षय कोष स्थापना गरेका थिए । त्यस अक्षय कोषबाट आएको ब्याज रकमलाई शर्माले अवार्डको नाममा एक पुरुष र एक महिला खेलाडीलाई प्रदान गर्दै आईरहेका छन् ।
गत वर्ष कुलबहादुर थापा र सरस्वती चौधरीले अवार्ड प्राप्त गरेका थिए ।