एजेन्सी । दक्षिण कोरियाका स्पिड स्केटिङ प्रशिक्षक चो जे बियमलाई १० वर्ष ६ महिनाको जेल सजाय सुनाईएको छ ।
खेलाडीलाई बलात्कार गरेको आरोपमा स्केटिङ प्रशिक्षक चोलाई १० वर्ष बढीको जेल सजाय सुनाईएको हो ।
सुवोन सिटीको जिल्ला अदालतले प्रशिक्षक चोलाई जेल सजाय सुनाएको हो ।
३० वर्षीय चो माथि ओलम्पिकमा स्वर्णधारी खेलाडी शिम सुक हिमाथि बलात्कार गरेको आरोप छ ।
दुई पटकको ओलम्पिक च्याम्पियन शिमले आफुलाई प्रशिक्षक चोले पटक पटक बलात्कार र यौन शोषण गरेको बताएकी छिन् ।
२३ वर्षीय खेलाडीले आफुलाई मुख्य प्रशिक्षक रहेको समय चोले १७ वर्षको उमेरबाट यौन शोषण गरेको बताएकी थिइन् ।
प्रशिक्षक चोले खेलाडीमाथि यौन शोषण गरेको पुष्टि भएको भन्दै अदालतले जेल सजाय सुनाएको हो ।