प्रशिक्षण फर्काउन राखेपको सातै प्रदेशमा तालिम

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले देशभर प्रशिक्षण पुन सुरु गर्न सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ ।
कोभिड–१९ का कारण देशभर बन्द प्राय रहेको प्रशिक्षणलाई फर्काउन राखेपले सातै प्रदेशमा अभिमुखिकरण कार्यक्रमको सुरुवात गरेको हो ।
पहिलो चरणमा राखेपले सुदुरपश्चिम प्रदेशमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । राखेपले बुधबार र बिहिबार सुदुरपश्चिमको धनगढीमा प्रदेशका प्रशासन तथा प्राविधिक स्तरका कर्मचारीलाई तालिम दिएको छ ।
‘कोभिडका कारण प्रभावित बनेको देशभरको प्रशिक्षणलाई पुन सुरु गर्ने विषयमा अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।’ राखेपका तालिम विभागका निर्देशक अर्जुन बिकले खेलपाटीसंग भने, ‘प्रदेशमा रहेका कर्मचारीलाई कोभिडले प्रभावित बनेको प्रशिक्षणलाई कसरी सुरुवात गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको छ ।’
निर्देशक बिकका अनुसार राखेपले सातै प्रदेशका आफ्ना कर्मचारीलाई कोभिडपछि खेलकुद सञ्चालनका लागि आवश्यक तालिम दिने कार्यक्रम अघि बढाएको हो ।
अभिमुखिकरण तालिममा खेल बिज्ञहरुले खेलाडीको चोट, एन्टीडोपिङ र कोभिड–१९को जानकारी, खेल मनोबिज्ञान, खेलकुद योग, प्राकृतिक चिकित्सा, खेल समाजशास्त्र, लैङ्गिक हिंसा र विशेष अभ्यास लगायतका विषयमा प्रदेशमा रहेका राखेपका कर्मचारीलाई प्रशिक्षण दिएका छन् ।
‘कोभिडले सिर्जना गरेको डरलाई चिर्दै प्रशिक्षण तथा कर्मचारीमा आत्मबल प्रदान गर्न अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।’ बिकले भने, ‘यसले देशभर पुन खेलकुदको माहोल फर्कने विश्वास राखेपले लिएको छ ।’
‘सुरुमा प्रशिक्षकनै बलियो हुनपर्यो । आत्मबल विकास हुनपर्यो । आफु सक्षम भएपछि मात्र राम्रो प्रशिक्षक सुरु हुन सक्छ ।’ उनले भने ।
राखेपले शुक्रबार र शनिबार बर्दियामा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको अभिमुखिकरण तालिम राखेको छ । लगत्तै पुन तालिका बनाएर बाँकी प्रदेशमा कार्यक्रम सम्पन्न गरिने राखेपले जनाएको छ ।
राखेप सदस्य सचिव रमेश सिलवालको उपस्थितीमा अभिमुखिकरण तालिमको उद्घाटन भएको थियो ।














-1787239351737.webp&w=3840&q=75)
-1787237075513.webp&w=3840&q=75)
-1787235818152.jpeg&w=3840&q=75)