मंगलबार, १६ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

जितबहादुर नगदसहित सम्मानित

बिहिबार, ०८ माघ २०७७खेलपाटी संवाददाता
जितबहादुर नगदसहित सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरेको छ ।

डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङले जितलाई प्रशंसा पत्रसहित १ सय ५० अमेरिकी डलर एक कार्यक्रमबीच हस्तान्तरण गरे । सोही अवसरमा उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नेपाली निर्णायक नोर्बु लामालाई पनि नगदसहित सम्मान गरिएको थियो । मन्त्री तामाङले लामालाई प्रशंसा पत्रसहित १ सय अमेरिकी डलर प्रदान गरे ।

त्यस्तै आईओएफटीसी हेल्प डेस्क टिम नेपाललाई पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मान गरियो । संयोजक रामचन्द्र ब्याञ्जनकार तथा सदस्यहरु रजिन सिंह, निरोज गौतम, अर्जुन महर्जन र नमिका मोक्तान सम्मानित भए । अनुशासित टिम नेपाल प्रहरीलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गरिएको थियो ।

मन्त्री तामाङले खेलकुद र खेलाडीको हितका लागि मन्त्रालय सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । निर्णायक लामाले विदेशमा रहेर पनि नेपाली तेक्वान्दो र तेक्वान्दो खेलाडी प्रति आईओएफटीसीका संस्थापक दिवाकर महर्जनले गरेको योगदानको प्रशंसा गरे ।

आईओएफटीसीको २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बनेको थियो । नेपाल १९ स्वर्ण, १४ रजत र २२ कांस्यसहित उपविजेता भएको थियो । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

आईओएफटीसीले आयोजक गर्ने मुख्य प्रतियोगिता इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ ले गर्दा स्थगित भएपछि आईओएफटीसीले अनलाइन प्रतियोगिता आयोजना गरेको हो ।

पहिलो संस्कणको अनलाइन प्रतियोगिता गत जुनमा भएको थियो । गत मे पहिलो साता अमेरिकाको मिचिगनमा आईओएफटीसीको १३ औं संस्करण हुने तालिका थियो । यसअघि सम्पन्न १२ संस्करण मध्ये ५ संस्करण अमेरिका र ४ संस्करण नेपालमा भएको थियो । बाँकी १–१ संस्करण हङकङ, भारत र लन्डनमा भएका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चन्द्रगिरी टिम च्याम्पियन

चन्द्रगिरी टिम च्याम्पियन

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

Loading ad...
xTreme Energy Drink
एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा

बिच भलिबल टोली भुटान जाने

बिच भलिबल टोली भुटान जाने

नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय खेल खेल्ने

नेपाल ‘ए’ले अस्ट्रेलियामा तीन वटा एकदिवसीय खेल खेल्ने

दक्षिण कोरियाको अन्तरिम प्रशिक्षकमा मोरेनो

दक्षिण कोरियाको अन्तरिम प्रशिक्षकमा मोरेनो

अञ्जिलाले बाढीपीडितलाई  दिइन् ४० हजार ४४४  रुपैयाँ

अञ्जिलाले बाढीपीडितलाई दिइन् ४० हजार ४४४ रुपैयाँ

साकाको गोलमा आर्सनलले एस्टन भिल्लालाई हरायो

साकाको गोलमा आर्सनलले एस्टन भिल्लालाई हरायो