मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

मनोनयनको ब्यवस्था खारेज , वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट

मंगलबार, ०६ माघ २०७७हिम बिक्रम केसी
मनोनयनको ब्यवस्था खारेज , वरिष्ठ उपाध्यक्ष निर्वाचनबाट

साधारण सभाकाे उदघाटन गर्दै खेलकुद मन्त्री दावा तामाङ । फाेटाे : एन्फा

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पदाधिकारी मनोनयनको ब्यवस्थालाई खारेज गरेको छ ।

मंगलबार काठमाडौंमा सम्पन्न एन्फाको १९ औं साधारण सभाले संघमा मनोनयनको ब्यवस्थालाई खारेज गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको ब्यवस्था गरेको छ ।

प्रवक्ता किरण राईका अनुसार अर्को साधारण सभाबाट बन्ने कार्यसमितिमा संशोधित विधान लागु हुनेछ ।

‘नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्वाचनमार्फतनै आउनेछन् । अहिलेसम्म जे भएपनि अब मनोनयनको ब्यवस्थामा बन्देज लागेको छ ।’ उनले भने ।

निर्वाचनमार्फत आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा २ जना महिला अनिवार्य गरिएको छ ।

यसअघि एन्फामा १७ सदस्यीय निर्वाचित कार्यसमितिको ब्यवस्था गरेको थियो । तर अध्यक्षको तजबिजमा संघभित्र पदाधिकारी मनोनयनको बेतिथी थियो । नेतृत्वले मान्छे रिझाउन आफु अनुकुलका ब्यक्तिलाई पदाधिकारीमा नियुक्त गर्दै आएका थिए ।

यस्तै, एन्फाको संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचनमार्फतनै टुङ्गो लाग्ने भएको छ । साधारण सभाले वरिष्ठ उपाध्यक्षको समेत निर्वाचनबाटै टुङ्गो लगाउने निर्णय गरेको हो । यसअघि निर्वाचित ४ उपाध्यक्षमा एक जनालाई वरिष्ठ उपाध्यक्ष मनोनयन गर्ने ब्यवस्था रहेको थियो ।

साधारण सभाबाट संशोधित विधान अनुसार अध्यक्ष सहित, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र महिला सहित १५ जना सदस्य निर्वाचनबाट आउनेछन् ।

फिफाको निर्देशन अनुसार एन्फाले मनोनितको कोटालाई बन्देज लगाउँदै सबै कार्यसमिति निर्वाचनमार्फत चुनिने ब्यवस्था गरेको हो ।

यस्तै, बैठकले एन्फाको वार्षिक बजेटलाई समेत पारित गरेको हो । राष्ट्रिय लिग सहितका एन्फाको ८२ करोड ६६ लाख ४२ हजार रुपैयाँको वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको हो ।

एन्फाको वार्षिक क्यालेन्डरलाई खेलपाटीले यसअघिनै सार्वजनीक गरेको थियो ।

साधारण सभाले गत आर्थिक वर्षको बजेटको समेत समिक्षा गरेको थियो । गत वर्ष एन्फाले ४० करोड २६ लाख आम्दानी गरेको छ भने ४१ करोड २६ लाख रुपैयाँ खर्च गरेको प्रवक्ता राईले बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक