मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

आधा वर्ष बित्यो, बसेन राखेपको बोर्ड बैठक

सोमबार, ०५ माघ २०७७हिम बिक्रम केसी
आधा वर्ष बित्यो, बसेन राखेपको बोर्ड बैठक
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएको झण्डै आधा वर्ष बितेपनि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बस्न सकेको छैन ।

खेलकुद परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने मुख्य थलोको रुपमा रहेको राखेपको बोर्ड चालू आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत बस्न नसकेको हो ।

राखेपको बोर्ड बैठक बस्न नसक्दा खेलकुद ऐनले निर्देश गरेको घरेलु खेलकुदको वार्षिक क्यालेन्डर समेत बन्न सकेको छैन ।

कोभिड–१९ का कारण विगत एक वर्षदेखि प्रभावित बनेको घरेलु खेलकुदलाई अघि बढाउने विषयमा राखेप र मन्त्रालयको स्पष्ट खाका बाहिर आउन सकेको छैन ।

नवनियुक्त खेलकुद मन्त्री दावा तामाङ्गले खेलकुद परिषद्को बोर्ड बैठकका लागि गृहकार्य नपुगेको बताउँछन् ।

‘समन्वय गरेर जाने कुरा हो । सल्लाह गरेर जाने विषय छ ।’ उनले खेलपाटीसंग भने ।

सरकार पुनर्गठनसंगै तामाङ्ग नयाँ खेलकुद मन्त्री बनेका आएका हुन् । खेलकुद पृष्ठभूमी नभएका तामाङ्ग खेलकुद क्षेत्रको वर्तमान गतिरोधबारे अनविज्ञ देखिन्छन् ।

निवर्तमान खेलकुद जगतबहादुर विश्वकर्माले राखेपको बोर्ड सदस्य नियुक्तिको प्रक्रिया सक्ने बित्तिकै बैठक बोलाउने तयारी गरेका थिए । तर दशैं लगत्तै बैठक बोलाउने प्रतिबद्धता जनाएका विश्वकर्माले समेत लामो समय बित्दा समेत बोर्डको बैठक बसाल्न सकेनन् ।

खेलकुद ऐन २०७७ ले परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्ने प्रावधान राखेको छ । तर आधा वर्ष बित्दा समेत बोर्ड बैठकको ‘आत्तोपत्तो’ देखिदैन ।

परिषद् अध्यक्षको रुपमा खेलकुद मन्त्रीले तोकेको मिति, समय र स्थानमा बैठक बस्ने ब्यवस्था ऐनले गरेको छ । सदस्य सचिवले अध्यक्षसंगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुन विषयको सुचि बैठक बस्नु ७ दिन अघि सबै सदस्यलाई पठाउने उल्लेख व्यवस्था ऐनले गरेको छ ।

राखेपका एक सदस्यले बोर्ड बैठक बस्न नसक्दा परिषद्को काम कारबाही प्रभावित बनेको खेलपाटीलाई बताए ।

‘नयाँ ऐनले राखेप सञ्चालनका लागि कार्यकारी समितिको ब्यवस्था गरेको छ । बोर्ड बैठकले कार्यकारी समिति नबनाउँदा सदस्य सचिव समेत भुमिका विहिन देखिन्छन् ।’ ती बोर्ड सदस्यले भने ।

नयाँ ऐनले राखेप सञ्चालनका लागि सदस्य सचिवको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिमा रहने ४ जना अध्यक्षको हैसियतले दुई जना खेलकुद मन्त्री र थप दुई जना बोर्ड बैठकले निर्णय गर्नुपर्छ । राखेप स्रोतका अनुसार परिषद् सञ्चालनमा बन्ने कार्यकारी समितिमा मनोनित गर्ने ब्यक्तिमा सहमती बन्न नसक्दा बोर्ड बैठक बस्नमा ढिलाई भएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गतेबाट कार्यान्वयनमा आएको हो । तर कार्यान्वयनमा आएको लामो समय बितिसक्दा समेत ऐनले निर्देशित गरेको व्यवस्था लागु गर्न मन्त्रालय र राखेप असफल देखिएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक