काठमाडौं । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङ्ग १० औं संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय ¥याङकिङ ब्याडमिन्टनको उपाधि जितेका छन् ।
आईतबार भएको फाईनलमा प्रिन्सले एपीएफका दिपेश धामीलाई २१–१८ र २१–१३ को सेटमा पराजित गरे भने जेशिकाले आर्मीकी रसिला महर्जनलाई १८–२१, २१–१५ र २२–२० को सेटमा पराजित गरे ।
प्रिन्सले शुक्रबार मात्र नेपाल नम्बर एक रत्नजित तामाङ्गलाई पराजित गर्दै फाईनल यात्रा तय गरेका थिए ।
बिजेताले ५० हजार र उपबिजेताले २५ हजार तथा मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
पुरुष युगलमा नविन श्रेष्ठ र रत्न जित तामाङ्गको जोडी सफल बन्यो । नविन र रत्नजितको जोडीले सरोज महर्जन र पविन लिनथेपको जोडीलाई २१–१९, १९–२१ र २१–१३ को सेटमा पराजित गर्यो ।
महिला युगलमा अमिता गिरी र रसिला महर्जनको जोडी च्याम्पियन बने । आर्मीका खेलाडीद्धयले जेशिका गुरुङ्ग र सुनौना मुखियाको जोडीलाई २१–१८ र २१–१२ को सेटमा पराजित गरे ।
पुरुष शीर्ष १६ वरीयता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले च्याम्पियन बने । उनले सेनाका दिवश शंकरलाई १५-२१, २१-१८, २१-१६ ले पराजित गर्दै उपाधी जिते ।
यस्तै शीर्ष १२ वरीयता बाहेकको महिला एकलमा कैलालीकी प्राथना देउवाले बाजी मारिन् । देउवाले झापाकी अञ्जना राईलाई २१-९, २१-१३ ले पराजि गरिन् ।
ब्वाईज एकल तर्फ त्रिभुवन आर्मीका भोज बहादुर गुरुङ्ग च्याम्पियन बने । भोजले सेनाकै आयुष्मान नागरीलाई २१-१५, १९-२१, २१-१० ले पराजित गरे ।
यस्तै गर्ल्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे माथी २१-१० को समान अन्तरले पराजित गर्दै उपाधी रक्षा गरिन् ।
भेट्रान्स युगल तर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखेले उपाधि जिते । श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भंडारी र नविन पराजुलीको जोडीलाई २१-१२, २१-१९ ले पराजि गरेका हुन् ।
वरीयता बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र शिर्ष चारमा पुग्नेले नगद ५÷५ हजार नगद सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
यसैगरि छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४÷४ हजार प्राप्त गरे ।
बिजयी खेलाडीहरुलाई गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।