काठमाडौं । चक्र लामा-किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता माघको अन्तिम साताबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल विलियार्ड्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन हुने जानकारी गराएको छ ।
प्रतियोगितामा ५० जिल्लाबाट करिब २ सय ५६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
बौधस्थित अजिमा स्नुकर हाउसमा हुने प्रतियोगिताको विजेताले २ लाख ११ हजार ५ सय प्राप्त गर्ने छन् ।
उपविजेताले ९१ हजार प्राप्त गर्दा तेस्रोले ३० हजार ५ सय प्राप्त गर्ने छन् ।
त्यस्तै १ सय ४७ ब्रेक गर्नेले १० लाख प्राप्त गर्दा हाईएस्ट ब्रेक गर्नेले २१ हजार ५ सय नगद पाउने छन् ।
सेन्चुरी ब्रेक गर्नेले २ लाख १ हजार र बेस्ट प्लेयरले ११ हजार ५ सय पाउने छन् ।