करातेका आर्यन सम्मानित
बिहिबार, माघ १, २०७७खेलपाटी संवाददाता

काठमाडौं । कराते खेलाडी आर्यन रन्जित बिहीबार नगदसहित सम्मानित भएका छन् ।
कोरियन अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा स्वर्ण जितेवापत आर्यनलाई नेपाल सुरिकेन सोरिनरियो कराते संघका कार्यवाहक अध्यक्ष किसनराज सिंहले व्यक्तिगत १ लाख नगदसहित सम्मान गरेका हुन् ।
गत डिसेम्बर २७ तारिखमा भएको प्रतियोगिताको पुरुष ११ वर्षको कुमुतेमा आर्यनले स्वर्ण जितेका थिए ।
कार्यवाहक अध्यक्ष सिंहले आर्यनलाई १ लाख रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)