मंगलबार, २९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फाको सहमतीय राजनीतिमा ब्रेक !

बिहिबार, ०१ माघ २०७७खेलपाटी संवाददाता
एन्फाको सहमतीय राजनीतिमा ब्रेक !
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को बागमती प्रदेश कमिटि गठनमा सहमती जुट्न सकेन ।

मकवानपुरको हेटौडामा बुधबार भएको भेलामा सहमती जुट्न नसकेपछि प्रदेशको तदर्थ कमिटि बन्न नसकेको हो ।

बाँकी ६ वटै प्रदेशमा सहमतीका आधारमा तदर्थ कमिटि गठन गर्न सफल एन्फाको वर्तमान नेतृत्वलाई बागमतीमा सहमती जुटाउन कठिन मानिएको थियो ।

एन्फाको वर्तमान कार्यसमितिविरुद्ध रहेका जिल्लाको बाहुल्यता बागमती प्रदेशमा छ । काठमाडौंका जिल्ला अध्यक्ष विराटजंग शाहीको नेतृत्वमा ललितपुर, धादिङ्ग लगायतका जिल्लाले एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा सहितको वर्तमान कार्यसमितिविरुद्ध विरोध गर्दै आएका थिए । जसको प्रत्यक्ष प्रभाव प्रदेशको तदर्थ कमिटि गठनमा देखिएको छ ।

एन्फाले सहमतीका आधारमा प्रदेशको तदर्थ कमिटि गठनको प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । सोही अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेश २ र प्रदेश १ मा सहमतीका आधारमा तदर्थ कमिटि बनेको छ ।

बागमतीमा प्रदेशमा मुख्य गरि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही र मकवानपुरका राजेन्द्र श्रेष्ठको दाबी थियो ।

शाही एन्फा पूर्व अध्यक्ष गणेश थापा निकट मानिन्छन् भने शाहीकै समकालिन श्रेष्ठलाई वर्तमान एन्फा नेतृत्वको साथ छ । शाही नेतृत्वको समूहनै पूर्व अध्यक्ष गणेश थापाको एन्फाभित्रको मुख्य शक्ति हो ।

बुधबारको बन्द सत्रमा दुवैबीच तदर्थ कमिटिको नेतृत्वमा सहमती जुटेन । शाही र श्रेष्ठले दाबी नछाडेपछि अन्य जिल्लाले समेत नेतृत्वमा दाबी गरे ।

अन्तिममा ११ जिल्ला सहभागी भेलामा १३ जनाले नेतृत्वमा दाबी पेश गरेका थिए ।

मकवानपुर र दोलखाबाटै दुई–दुई जनाले नेतृत्वमा दाबी गर्न पुगे । मकवानपुरका राजेन्द्र श्रेष्ठसंगै जिल्ला अध्यक्ष टीकाराम लामा र दोलाखाबाट गोविन्द श्रेष्ठ र कौरव पाण्डे नेतृत्वको दाबी गर्नेमा थपिए ।

यस्तै, काठमाडौंका विराटगंज शाही, नुवाकोटका दीपक चित्रकार, भक्तपुरका राम प्रजापति, चितवनका श्रीकृष्ण कार्की, धादिङ्गका दीपक खतिवडा, सिन्धुपाल्चोकका मनकुमार श्रेष्ठ, ललितपुरका शिरिष बिक्रम हमाल र सिन्धुलीका लक्षु देवकोटाले नेतृत्वमा दाबी गरेका थिए ।

बन्द सत्रको सुरुवातमै केन्द्रिय परिवेक्षक पूर्णमान चित्रकारले एन्फाबाट प्राप्त पत्र पढेर सुनाएका थिए । उनले सहमती बनेको खण्डमा सहमतीय आधारमा तदर्थ कमिटि गठन गर्ने र सहमती नबनेको खण्डमा सोही प्रतिवेदन केन्द्रमा पठाउने बताएका थिए ।

भेलाले सहमतीको आधारमा कमिटि गठन गर्न नसकेपछि केन्द्रले बागमतीको विषयमा औपचारिक निर्णय लिनेछ ।

केन्द्रलाई तदर्थ कमिटि गठनको अधिकार भएपनि एन्फाले जिल्लाकै सहमतीमा प्रदेश कमिटि गठनको प्रक्रियालाई अघि बढाएको हो । तर बागमतीमा प्रदेशमा सहमती जुट्न नसकेपछि तदर्थ कमिटि बनाउने जिम्मेवारी केन्द्रलाई आएको छ । 

केही जिल्लाले भक्तपुरको प्रतिनिधित्वको विषयमा समेत प्रश्न उठाएका थिए । अदालतमा विचाराधिन रहेको मुद्धामा तदर्थ कमिटिका पदाधिकारीलाई समावेश गरिएको भन्दै केही जिल्लाको आपत्ति थियो । भक्तपुरका महासचिव राम प्रजापतिले भने अदालतको विषयमा न्यायाधिस नबन्न अन्य जिल्लाका प्रतिनिधिलाई चेतावनी दिएका थिए ।

उनले जिल्लाको अस्तित्व रक्षाका लागि प्रदेश कमिटिको नेतृत्वमा दाबी प्रस्तुत गरेका थिए ।

केन्द्रिय परिवेक्षक पूर्णमान चित्रकारले प्रदेश कमिटि गठनमा सहमती नसकेपछि सोही प्रतिवेदन केन्द्रमा बुझाउने खेलपाटीलाई बताएका छन् ।

‘जे प्रतिवेदन आएको छ । त्यही प्रतिवेदन केन्द्रमा दिने हो ।’ उनले भने ।

भेलाको अन्तिममा ८ जिल्लाले विराटजंग शाहीलाई अध्यक्षमा समर्थन रहेको पत्र केन्द्रिय परिवेक्षक चित्रकारलाई बुझाएका थिए ।

चित्रकारले ८ जिल्लाको समर्थन सहितको पत्र आफुसंग आएपनि हस्ताक्षर प्रमाणिकरण नगरिएको खेलपाटीलाई बताए ।

‘शाहीलाई समर्थन गर्दै ८ जिल्लाको हस्ताक्षर भएको पत्र अन्तिममा आएको थियो । तर हस्ताक्षर प्रमाणिकरण भएको छैन । केही जिल्लाले बेग्लै प्रायोजनका लागि संकलन गरिएको हस्ताक्षर दुरुपयोग गरिएको पनि बताएका छन् । सबै विषय समावेश गर्दै प्रतिवेदन पेश गर्छु । आवश्यक निर्णय केन्द्रले गर्नेछ ।’ उनले भने ।

फुटबल राजनीतिमा विराटजंग शाहीको राम्रो पकड मानिन्छ । बागमतीको प्रदेश कमिटि गठनमा उनले आफ्नो प्रभाव देखाएका छन् । प्रदेशका ८ जिल्लाको समर्थनले फुटबलमा राजनीतिमा शाहीको प्रभाव पुष्टि हुन्छ । निर्वाचन अघि शाही नेतृत्वको समूहले पूर्व अध्यक्ष गणेश थापासंग गृह जिल्ला मकवानुपरमा भेट समेत गरेको थियो ।

थापा स्वयमले बुधबार साँझ विराट सहितका जिल्ला प्रतिनिधिसंग सामूहिक तस्विर खिचेको फोटो फेसबुकमा पोस्ट गरेका छन् । आफ्नो स्वास्थ्यको जानकारी लिन आएका साथीलाई धन्यवाद दिएका थापाले राजनीतिक सन्देश समेत छाडेका छन् ।

वर्तमान एन्फा कार्यसमितिले भक्तपुरमा गौतम सुजखुलाई कारबाही गर्दै तदर्थ कमिटि गठन गरेसंगै शाहीको समूह कमजोर बन्ने आँकलन गरिएको थियो । तर प्रदेश कमिटि निर्वाचनमा भक्तपुर, नुवाकोट र मकवानपुर बाहेकका जिल्ला शाहीको पक्षमा देखिएका छन् ।

सहमती जुट्न नसकेपछि एन्फा हेडक्वार्टरले आफु अनुकुलको तदर्थ कमिटि बागमती प्रदेशमा बनाउन सक्नेछ । तर देशका ६ वटा प्रदेशमा सहमतीका आधारमा कमिटि बनाएर नयाँ निर्वाचनका लागि शक्ति आर्जन गरेको वर्तमान एन्फा नेतृत्वलाई बागमती प्रदेशमा भने ठेस लागेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्तिम बलमा नेपालको हार

अन्तिम बलमा नेपालको हार

मुन्से र फिनलेको शतककीय साझेदारी

मुन्से र फिनलेको शतककीय साझेदारी

नेपालले टस हार्‍यो

नेपालले टस हार्‍यो

बीजीसीएल सुरु, पहिलो दिन  ४ खेल सम्पन्न

बीजीसीएल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक