एजेन्सी । दक्षिण अफ्रिकाका लङजम्प स्टार लुभो मान्योङ्गा अस्थायी निलम्बनमा परेका छन् ।
प्रतिबन्धित औषधि प्रयोग (एन्टी डोपिङ) नियम उलंघन कारण ओलम्पिकका रजतधारी मान्योङ्गा अस्थायी निलम्बनमा परेका हुन् ।
मान्योङ्गाले १२ महिनामा ३ पटक एन्टी डोपिङ नियम उलंघन गरेको बताईएको छ ।
निलम्बनसँगै ३० वर्षीय खेलाडीले टोकियो ओलम्पिक गुमाउन सक्ने भएका छन् ।
टोकियो ओलम्पिक जुलाई २३ बाट सुरु हुँदैछ ।
उनी सन् २०१२ मा पनि १० महिनाको प्रतिबन्धमा परेका थिए ।
मान्योङ्गाले कमनवेल्थ खेलकुदमा दुई पटक स्वर्ण जितेका थिए ।