काठमाडौं । नेपालले अपेक्षा अनुसारकै खेलिरहेको छ । साफमा नेपाल पुरानो र लोकप्रिय टिम हो । पछिल्लो ८, १० बर्ष यता नेपाल सधै साफको दाबेदारनै हौ ।
भाग्यका कारण हामीले पराजय ब्यहोर्दै आएका छौ । अगाडीको संस्करणमा अन्तिम समयमा चुक्दै आयौ । अस्ति पाकिस्तानसंगको खेलमा समेत त्यही दोहरिएको थियो ।
यसपटक समेत साफका सबै खेल हेरेको छु । भारतले २३ बर्ष मुनिको टिम पठाएको छ । माल्दिभ्ससंग समेट स्टार खेलाडी अली अस्फाक छैन । त्यसैले साफमा म आशावादी छु ।
बंगलादेशविरुद्ध समेत सुरुवाती १०–१५ मिनेट अलि गाह्रो भयो । तर अपेक्षा अनुसारनै नतिजा आएको छ । सबै टिम प्रशिक्षक, खेलाडी र म्यानेजलाई बधाई दिन चाहन्छु ।
अर्को कुरा अहिले सबै चलेका खेलाडी एन्फा एकेडेमीका उत्पादन हुन् । पछिल्लो समय एन्फाबाट यसप्रकारका खेलाडी बाहिर आउन सकेका छैनन् । एन्फाले यसका ध्यान देओस भन्न चाहन्छु ।
विगतमा एन्फा एकेडेमी सुरु भएपछि नेपाली फुटबल सफल हुदै आएको हो । स्वर्गीय ललित कृष्ण श्रेष्ठलाई यति बेला सम्झिन चाहन्छु । हामीले साग, बंगबन्धु र सोलिडारिटी कप जित्यौ । हामी पहिला पनि बलियो थियौ । बीचमा केही गडबढी भयो होला । यसपटक म आशावादी छु् । खेलाडी र प्रशिक्षकले राम्रो गरेका छन् ।
केही कमिकमजोरी नभएको होईन तर बाँकी दुई खेल जितेर नेपालले इतिहास रच्ने आश राखेको छु । खेलाडीले अझै मेहनत गरोस भन्ने चाहन्छु । बंगलादेशमा बस्ने नेपाली जसले नेपाली खेलाडीलाई साथ दिए, सबैलाई धन्यवाद भन्न चाहन्छु । खेलाडीलाई प्रेरणाको आवश्यक पर्छ ।
एन्फा एकेडेमी अघि बढोस भन्ने चाहन्छु । नेपालको लिग राम्रो बनोस भन्ने कामना छ । पहिला लिगलाई व्यवस्थित गरेर अझ नयाँ ढङ्गले टिम अगाडी बढोस भन्ने कामना छ ।
(साफ च्याम्पियनसिपमा नेपाल समुह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेपछि एन्फाका पुर्व अध्यक्ष गणेश थापासंग खेलपाटी सवाददाता रमेश सुवेदीले गरेकाे कुराकानीका आधारमा)