काठमाडौं । तेस्रो संस्करणको सोल्टी ११ नक आउट फुटसल प्रतियोगितामा डाउनटाउनले विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको उद्दघाटन खेलमा आयोजक सोल्टी ११ लाई २–० ले पराजित गर्दै डाउनटाउनले सुखद सुरुवात गरेको हो ।
डाउनटाउनको जितमा राजन मगर र समीर गुरुङले एक÷एक गोल गरे ।
प्रतियोगिताको उद्दघाटन गोङ्गबु २६ का वडा अध्यक्ष खेमराज तिवारी र विशेष अतिथिको रुपमा तमु कलाकार संघका अध्यक्ष अध्यक्ष राजु गुरुङले गरेका थिए ।
गुरुङले फिफा रेफ्री माया लामा र सहदेव श्रेष्ठलाई म्याच बल हस्तान्तरण गरेका थिए ।
प्रतियोगीतामा कुल २८ टिम सहभागी रहेका छन् ।
उपाधि विजेता टोलीले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै, उप–विजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलकिपर र सर्वाधिक गोलकर्ताले ११ हजार ११ रुपैयाँ नगद सहित प्रमाणत्र, मेडल र टिसर्ट प्राप्त गर्ने छन् ।
अघिल्लो संस्करणमा जोरपाटी एफसी विजयी भएको थियो ।
आयोजक सोल्टी ११ का अध्यक्ष दुर्गा गुरुङले कोरोना माहामारीको समय प्रतियोगितालाई निरन्तरता दिन फुटसल आयोजना गरिएको बताए ।
उनले प्रशासनबाट स्वीकृति लिएर प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा खेलाडीको सुरक्षाको लागि स्यानिटाईजर र मास्क प्रयोग गरिएको थियो ।
’प्रशासनबाट स्वीकृति लिएर प्रतियोगिता आयोजना गरेका हौ । खेलमा खेलाडीको सुरक्षाको लागि स्वास्थ्य सुरक्षा अपनाईएको छ ।’ अध्यक्ष गुरुङले भने, ’खेल बाहिर समेत सामाजिक दूरी कायम गराएको छ । अघिल्लो वर्ष गर्न सकिएन । त्यसैले यसवर्ष आवश्यक सावधानी अपनाएर प्रतियोगिता गरेका हौं ।’