सिन्धुपाल्चोक । खुर्सानीबारी युवा क्लब ‘बी’ ले जिल्ला स्तरीय प्रथम बलेफी फुटसल प्रतियोगिताको उपाधि हात पारेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा आईतबार भएको फाइनल खेलमा खुर्सानाीबारी युवा क्लब ‘ए‘ लाई ८–३ गोल अन्तरले पराजित गर्दै खुर्सानाीबारी ’बी‘ ले उपाधि हात पारेको हो ।
विजेता टाेलीका लागि सुमन लामाले ह्याट्रिक पुरा गरे । सुग्रित मगर र नोर्बु लामाले समान दुई र विजय श्रेष्ठले एक गोल गरे ।
बागमती प्रदेश सरकारको सहयोगमा बनेको जिल्लाकै पहिलो फुटसल मसिंर २६ गते उद्घाटन भएको थियो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल (शरद) ले उद्घाटन गरेको प्रतियोगितामा ३८ टिम सहभागी रहेका थिए ।
तीन दिनसम्म चलेको प्रतियोगिता बलेफी फुटबलले आयोजना गरेको हो ।
उपाधिसँगै खुर्सानीबारी युवा क्लब ’बी‘ ले ट्रफी सहित ५० हजार प्राप्त गर्याे भने ‘ए’ टिमले ३० हजार प्राप्त गर्याे ।
प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडी विजय श्रेष्ठ भए । उनि नेपाल राष्ट्रिय फुटसल टिमका सदस्य समेत हुन् ।
यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता खुर्सानीबारी बीका सुग्रित गिरी भए । उनले १३ गोल गरेका थिए । उत्कृष्ट गोलरक्षक विजेता टोलीकै आरोन कार्की भए ।
आयोजक बलेफी फुटसलका अध्यक्ष लिला गिरीले फुटसल उद्घाटनसँगै प्रतियोगिता गर्र्न सफल भएकोमा खुसी ब्यक्त गरे ।
’प्रदेश सरकारको सहयोगसँगै प्रतियोगिता संचालन गर्न सफल भयौं । आगामी दिनमा एन्फाले आयोजना गर्ने फुटसल प्रतियोेगितामा सहभागी हुन जाने खेलाडीको लागि यो प्रतियोगिता एउटा माध्यम बन्नेछ ।‘ जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका सदस्य समेत रहेका गिरीले भने ।
जिल्लाकै पहिलो फुटसल बनाउन प्रदेश सरकारले २ करोड विनियोजन गरेको थियो । यस्तै गाउँपालिकाले १० लाख सहयोग गरेको थियो ।
प्रतियोगिता समापन कार्यक्रमा बोल्दै बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जिल्लामै पहिलो फुटसल बनाउँन र कोभिडसँग लड्दै गाउँपालिले फुटबल फर्काउन सफल भएको बताए ।
यस्तै गाउँपालिका अध्यक्ष क्षेत्रीले आगामी दिनमा विशेष गरि फुटबललाई कसरी अगाडी बढाउने उल्लेख गरे । खेलकुद राष्ट्रलाई चिनाउने माध्यम भएको र निरन्तर फुटबल विकासका लागि योजना र कार्यक्रम प्रस्तुत गरेर अगाडि बढ्ने उनले बताए ।