काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारण सभा माघ ६ गते हुने भएको छ ।
कोरोनाका कारण प्रभावित बन्दै आएको एन्फा कांग्रेस माघको पहिलो साता हुने भएको हो ।
बिहिबार एन्फा केन्द्रिय कार्यालय सातदोबाटोमा बसेको कार्यसमिति बैठकले साधारण सभाको मिति तय गरेको हो ।
एन्फा कांग्रेस सहित २१ भन्दा बढी एजेण्डामा छलफल गर्न एन्फा कार्यसमिति बैठक हेडक्वार्टरमा जारी छ ।
एन्फाको वार्षिक साधारण सभा चैतमा आयोजना गर्ने तयारी गरिएको थियो । तर कोभिडको बढ्दो प्रभावका कारण बैठक हुन भने सकेन ।
तर सोही समयमा बसेको एन्फा बैठकले साधारण सभामा लैजाने वार्षिक बजेट भने पारित गरेको थियो ।
साधारण सभा नहुँदा एन्फाको वार्षिक कार्यक्रम र बजेट पास हुन सकेको छैन ।
पटक पटक साधारण सभाको तयारी गरिएपनि टुङ्गो लाग्न सकेको थिएन ।
बिहिबारको कार्यसमिति बैठकले एन्फाको बहुप्रतिक्षित साधारण सभाको टुङ्गो लगाएको हो ।
याे पनि, खेलाडीको तलब बढ्यो, महिला र पुरुषको बराबर
र,
नेपालको फिफा वरियता यथावत