काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्यले मासिक १८ हजार तलब पाउने भएका छन् ।
बिहिबार सातदोबाटोमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका प्रत्येक सदस्यको तलब वृद्धि गर्दै मासिक १८ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।
एन्फाले महिला टिमका सदस्यलाई समेत पुरुष बराबरको मासिक १८ हजार तलब दिने निर्णय गरेका हो ।
लामो समयदेखि तलब बढ्न नसक्दा खेलाडीहरु असन्तुष्ट थिए ।
राष्ट्रिय पुरुष टिमका खेलाडीले यसअघि मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।
एन्फाभित्र खेलाडीको तलब बढाउने पर्ने माग पदाधिकारीलेनै राख्दै आएका थिए ।
एन्फा कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।
राष्ट्रिय पुरुष टिमका सदस्यको तीन हजार रुपैयाँ तलब बढ्दा महिला खेलाडीको झण्डै डेढ गुणा तलब बढेको छ । महिला टिमका खेलाडीको तलब ११ हजार बढेर १८ हजार पुगेको हो ।
महिला टिमकी फरवार्ड सावित्रा भण्डारीले एन्फाको पछिल्लो निर्णयले महिला खेलाडीलाई खुसी बताएको प्रक्रिया दिईन् ।
'तलब बढेको कुराले खुसी लागेको छ । पहिल्यैबाट माग राख्दै आएका थियौं । पुरुष बराबर तलब हुनुपर्छ भन्दै आएका थियौ । एन्फाको निर्णयमा महिला खेलाडीहरु निकै उत्साहीत छौ ।' उनले भनिन् ।