एजेन्सी । बक्सिङका पूर्व हेविवेट च्याम्पियन माइक टाइसन र रोय जोन्स जुनियरबीचको भिडन्त बराबरीमा सकिएको छ ।
अमेरिकाको लस एन्जलसमा आइतबार भएको भिडन्तमा टाइसन र जोन्सले 'ड्र' खेलेका हुन् ।
टाइसन र जोन्सबीचको प्रदर्शनी भिडन्त ८ राउण्डसम्म चलेको थियो ।
५४ वर्षीय टाइसन १५ वर्षपछि बक्सिङ रिङ फर्किएका हुन् ।
चारवटा तौल समूहमा विश्व च्याम्पियन बनिसकेका जोन्स भने दुई वर्षपछि रिङ फर्किएका हुन् ।
उनीहरु एक प्रदर्शनी खेलका लागि रिङ फर्किएका हुन् ।
यस अघि यस प्रदर्शनी फाइट सेप्टेम्बर १२ मा तय थियो । तर, कोरोना भाईरसको महामारीको कारण सेप्टेम्बरमा स्थगित गरिएको थियो ।
टाइसनले व्यवसायिक रुपमा सन् २००५ मा अन्तिम पटक प्रतिस्पर्धा गरेका थिए । त्यस खेलमा उनी आयरल्याण्डका केभिन म्याकब्राइडसँग पराजित भएका थिए ।
यस्तै ५१ वर्षका जोन्सले पछिल्लो पटक सन् २०१८ को फेब्रुअरीमा प्रतिस्पर्धा गरेका थिए।