जुडो दिवसमा विश्व शान्तिको कामना

काठमाडौं । विश्व शान्तिको कामना गर्दै नेपालमा समेत अन्तराष्ट्रिय जुडो दिवस मनाईएको छ ।
जुडो खेलका जन्मदाता जिगारो कानोको जन्म दिनको अवसरमा नेपालमा समेत विश्व शान्तिको कामना गर्दै मनाईएको हो ।
अन्तराष्ट्रिय जुडो महासंघ (आईजेएफ)को आह्वानमा जुडो दिवस विश्वभर अक्टोबर २८ मा मनाईने गरिन्छ ।
नेपालमा समेत जुडो दिवसका अवसरमा स्वयम्भुनाथ र पशुपतीमा दीप प्रज्जवलन गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण यस वर्ष आईजेएफले दिवसका लागि स्ट्रगल टुगेदर नारा राखेको छ ।
महामारीको समय विश्व शान्तिको कामना गर्दै दिवस मनाईएको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले खेलपाटीलाई बताए ।
‘हरेक वर्ष दिवसका अवसरमा कार्यक्रम गर्दै आएका थियौं । यस वर्ष महामारीले गर्दा औपचारिक कार्यक्रम गर्न सकिएन । विश्व शान्तिको कामना सहित पशुपति सहित विभिन्न स्थानमा दिप प्रज्जवलको कार्यक्रम गरेका छौ ।’ उनले भने ।

जुडो संघले दिवसका अवसरमा अघिल्ला वर्षमा विभिन्न प्रतियोगिता सहित सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।






%20(2)-1765947464452.png&w=3840&q=75)


-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)