बिहिबार, ३२ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित

बिहिबार, ०६ कार्तिक २०७७खेलपाटी संवाददाता
सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित
Loading ad...
mustang rice ad

चितवन । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता चितवन जिल्लाका तेक्वान्दो खेलाडी सम्मानित भएका छन् ।

चितवन जिल्ला तेक्वान्दो कार्यसमितिले बिहीबार सागमा पदक विजेता आफ्ना जिल्लाका खेलाडीलाई सम्मान गरेको हो ।

चितवनको सौराहस्थित आफ्नै प्रशिक्षण केन्द्रमा कार्यसमितिले सागमा स्वर्ण विजेता र कांस्य विजेता समान २/२ खेलाडी र उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल प्रशिक्षकलाई सम्मानित गरेको हो ।

गत मंसिरमा सम्पन्न सागमा चितवनकी संगीता बस्याल र पार्वती गुरुङले स्वर्ण जितेकी थिइन् । यस्तै शिशिर श्रेष्ठ र जितबहादुर बोटले कास्य जितेका थिए ।



संगीताले फाइटतर्तफ ६२ केजी तौलसमूह र पार्वतीले २४–२९ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । जितबहादुरले २९ वर्षमुनि पार्वतीसँगको पेयर पुम्से र पुरुष टिमको पुम्सेमा कांस्य जितेका थिए । शिशिरले भने २३ वर्षमुनि टिम पुम्से कांस्य जितेका थिए ।

१३ औं सागमा पदक विजेता चारै खेलाडीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

कार्यसमितिले पार्वती र शिशिरलगायत कयौं राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल प्रशिक्षक रोशन खानलाई पनि नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको थियो ।

सोही अवसरमा चितवनका पत्रकारद्वय अनिल मल्ल ठकुरी र होमनाथ सापकोटालाई पनि जिल्लाको तेक्वान्दो खेल विकासमा योगदान पुर्राएबापत सम्मान गरेको छ ।

उनीहरूलाई विशिष्ट अथिति रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन , प्रमुख अतिथि बाग्मती प्रदेशका संसद कृष्ण खनाल, रत्ननगर नगरपलिका खेलकुद संयोजक एवम् वडा–१० का अध्यक्ष केशब आचार्य, वडा–४ का अध्यक्ष रवीन्द्र चौधरी, नेपाल कम्युनिस्ट पार्टी रत्ननगर नगरपालिकाका इन्चार्ज केपी लामिछाने र चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला समितिले ३४ सदस्यीय खेलाडी छनोट समेत गरेको छ । यसअघि भएको छनोट प्रतिस्पर्धाबाट पुम्सेतर्फ चार महिला र पुरुष १० पुरुष तथा फाइटमा २० पुरुष खेलाडीको छनोट गरिएको कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रामेछापमा आइटिएफ रेफ्री सेमिनार सम्पन्न

रामेछापमा आइटिएफ रेफ्री सेमिनार सम्पन्न

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

इङ्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

नेपाल ब्याडमिन्टन संघको वार्षिक साधारण सभा सम्पन्न

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

उषा अन्नपूर्ण स्पाइकरको ब्राण्ड एम्बासडर

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

जापानलाई हराउँदै नेपाल अन्तिम ४ मा

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

खेलाडीहरुको रोकिएको पुरस्कार दिने सरकारको निर्णय

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै