आइतबार, २७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित

बिहिबार, ०६ कार्तिक २०७७खेलपाटी संवाददाता
सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित
mustang rice ad

चितवन । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता चितवन जिल्लाका तेक्वान्दो खेलाडी सम्मानित भएका छन् ।

चितवन जिल्ला तेक्वान्दो कार्यसमितिले बिहीबार सागमा पदक विजेता आफ्ना जिल्लाका खेलाडीलाई सम्मान गरेको हो ।

चितवनको सौराहस्थित आफ्नै प्रशिक्षण केन्द्रमा कार्यसमितिले सागमा स्वर्ण विजेता र कांस्य विजेता समान २/२ खेलाडी र उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल प्रशिक्षकलाई सम्मानित गरेको हो ।

गत मंसिरमा सम्पन्न सागमा चितवनकी संगीता बस्याल र पार्वती गुरुङले स्वर्ण जितेकी थिइन् । यस्तै शिशिर श्रेष्ठ र जितबहादुर बोटले कास्य जितेका थिए ।



संगीताले फाइटतर्तफ ६२ केजी तौलसमूह र पार्वतीले २४–२९ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । जितबहादुरले २९ वर्षमुनि पार्वतीसँगको पेयर पुम्से र पुरुष टिमको पुम्सेमा कांस्य जितेका थिए । शिशिरले भने २३ वर्षमुनि टिम पुम्से कांस्य जितेका थिए ।

१३ औं सागमा पदक विजेता चारै खेलाडीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

कार्यसमितिले पार्वती र शिशिरलगायत कयौं राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल प्रशिक्षक रोशन खानलाई पनि नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको थियो ।

सोही अवसरमा चितवनका पत्रकारद्वय अनिल मल्ल ठकुरी र होमनाथ सापकोटालाई पनि जिल्लाको तेक्वान्दो खेल विकासमा योगदान पुर्राएबापत सम्मान गरेको छ ।

उनीहरूलाई विशिष्ट अथिति रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन , प्रमुख अतिथि बाग्मती प्रदेशका संसद कृष्ण खनाल, रत्ननगर नगरपलिका खेलकुद संयोजक एवम् वडा–१० का अध्यक्ष केशब आचार्य, वडा–४ का अध्यक्ष रवीन्द्र चौधरी, नेपाल कम्युनिस्ट पार्टी रत्ननगर नगरपालिकाका इन्चार्ज केपी लामिछाने र चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठलगायतले सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला समितिले ३४ सदस्यीय खेलाडी छनोट समेत गरेको छ । यसअघि भएको छनोट प्रतिस्पर्धाबाट पुम्सेतर्फ चार महिला र पुरुष १० पुरुष तथा फाइटमा २० पुरुष खेलाडीको छनोट गरिएको कार्यसमितिका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
बिरेन चम्किँदा आँगनको सानदार जित

बिरेन चम्किँदा आँगनको सानदार जित

रिषभ फेरि घाइते

रिषभ फेरि घाइते

 ९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

९२ वर्षको इतिहासमै एफए कपमा सिटीको सबैभन्दा ठूलो जित

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

मोरोक्को र नाइजेरियाको भेट सेमिफाइनलमा

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

सलाहको गोलसँगै इजिप्ट सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्ट बाहिरियो

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

ओलम्पिकको बाटोमा एन्फा

ओलम्पिकको बाटोमा एन्फा

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन