काठमाडौं । नरहरीपुर कराते डोजो मच्छेगाउँका सोनिम मानन्धर र संजु देशारले प्रथम जेकेए यू-१९ ई काता अनलाईन प्रतियोगितामा स्वर्ण हात पारेका छन् ।
जुनियर कराते एकेडेमीको आयोजनामा भएको अनलाईन काताको पुरुषतर्फ सोनिमले २४.६ अंक हात पार्दै स्वर्ण जितेका हुन् । खगेन्द्र चाम्लिङ राई २४.२ अंकका साथ दोश्रो र २४ अंकका साथ रेहान जावेद तेश्रो भए ।
महिलातर्फ संजु देशारले २३.६ अंकका साथ स्वर्ण प्राप्त गरिन् । नरहरी पुरकी देशारले नेपालमा आयोजना भएको उपराष्ट्रपति कपमा काता र कुमुते दुवै तर्फ स्वर्ण हात पारेकी थिईन् ।
यस्तै उनले भारतको मुम्बईमा आयोजना भएको एशिया कपमा पनि कुमिते र काता दुवै तर्फ स्वर्ण हात पारेको नरहरीपुर डोजोका प्रमुख एवं प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराए ।
देशारले मिरा खातीलाई पछाडी पारेकी थिईन् । दोश्रो स्थानमा रहेकी खातीले २३.३ अंक प्राप्त गरेकी थिईन् । तेश्रो स्थानमा रहेकी बर्षा बुढामगरले २३.२ अंक प्राप्त गरिन् ।
पुरुषतर्फ नरहरीपुरका सत्कार घर्तीमगर र महिलातर्फ एलिना राई उदियमान खेलाडी घोषित भए ।