एजेन्सी । बहराइनका धाविका सल्वा इद नासेरमाथि लागेको प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) उलंघनको आरोप खारेज भएको छ ।
विश्व एथ्लेटिक्स डिसिप्लिनरी ट्रिबुनलले नासेरमाथि लागेको डोपिङ उलंघनको आरोप खारेज गरेको हो ।
डोपिङ उलंघनको आरोप खारेज भएसँगै उनीमाथि लगेओ अस्थायी प्रतिबन्ध समेत फुकुवा भएको छ ।
डोपिङ परिक्षण गराउन असफल भएपछि नासेरलाई अस्थायी निलम्बन गरिएको थियो ।
महिलाको ४ सय मिटरमा विश्व च्याम्पियन नासेरले गत वर्ष १२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएकी थिईन ।
जसको कारण उनलाई अस्थायी रुपमा निलम्बन गरिएको थियो ।
एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथलेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ ।
डोपिङ उलंघनको आरोपबाट मुक्त भएसँगै २२ वर्षे नासेरले २ वर्षको प्रतिबन्ध भोग्नु नपर्ने भएको छ ।
सन् २०१९ मा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा उनले ४ सय मिटरमा स्वर्ण जितेकी थिईन ।
नाइजेरियामा जन्मिएकी उनी सन् २०१४ बाट बहराइनबाट खेल्दै आएकी छिन् ।