सुवासलाई विश्व कराँतेमा रजत
शुक्रबार, असोज ३०, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाली कराँते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराँते (काता) च्याम्पियनसिपमा रजत जितेका छन् ।
सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराँते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जनाएका छन् ।
सो स्पर्धामा पोर्चुगलका खेलाडीले स्वर्ण तथा इटालीका खेलाडीले काँंस्य जिते ।
एपीएफका सुवासले त्यसअघि नेपाल ओपन अनलाइन काता च्याम्पियनसिपमा भने स्वर्ण जितेका थिए ।
उनले रविन्द्र मानन्धरलाई पछि पार्दै स्वर्ण हात पारेका हुन् ।
सोतोकान कराँतेका सुवासले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदमा रजत जितेका थिए ।
दुवै राष्ट्रिय खेलकुदमा भने सुवासले कुमुतेमा प्रतिस्पर्धा गरेका थिए ।
सातौंमा ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका सुवासले आठौंमा ६७ केजीमा खेलेका थिए ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

