लेकर्सलाई एनबीएको उपाधि
सोमबार, असोज २६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । लस एन्जलस लेकर्सले अमेरिकाको चर्चित बास्केटबल प्रतियोगिता एनबीएको उपाधि जितेको छ ।
फ्लोरिडामा सोमबार बिहान मायामी हिटलाई १०६-९३ ले पराजित गर्दै लेकर्सले ४-२ ले उपाधि जितेको हो ।
फाइनल्स चौंथो पटक मोस्ट भ्यालुएबल प्लेयर बनेका लेब्रोन जेम्सको उत्कृष्ट प्रदर्शनसँगै लेकर्सले उपाधि जितेको हो ।
जेम्सले २८ अंक जोड्दा १४ रिबाउण्ड र १० असिस्ट गरे । यस्तै एन्थोनी डाभिस र राजोन रोन्डोले समान १९ अंक जोडे ।
लेकर्सले १० वर्षपछि एनबीएको उपाधि जितेको हो । यस्तै लेकर्सको यो १७ औं एनबीए उपाधि समेत हो ।








-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


