एजेन्सी । युगान्डाका धावक जोसुवा चेप्टेगेईले १० हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएका छन् ।
स्पेनको भ्यालेन्सियामा बुधबार आयोजित 'वर्ल्ड रेकर्ड डे' मा जोसुवाले कीर्तिमान बनाएका हुन् ।
२४ वर्षीय धावकले १० हजार मिटरमा १५ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
जोसुवाले २६ मिनेट ११ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् ।
१० हजार मिटरमा इथोपियाका केनीनिसा बेकेलेले २००५ मा २६ मिनेट १७५३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए ।
यस अघि जोसुवाले पाँच हजार मिटरमा समेत विश्व कीर्तिमान बनाएका थिए ।
यस्तै महिलाको ५ हजार मिटर इथोपियाकी लेटिसेनबेट गीडेले विश्व कीर्तिमान बनाएकी छिन् ।
२२ वर्षीय धाविकाले १४ मिनेट ६.६२ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएकी हुन् ।