काठमाडौं । नेगी लामासहित तीन नेपाली पारा तेक्वान्दो प्रशिक्षकहरुले अन्तराष्ट्रिय प्रशिक्षकको प्रमाण पत्र प्राप्त गरेका छन् ।
नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षक कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स प्राप्त गर्न सफल भएका छन् ।
विश्व तेक्वान्दो महासंघले असोज १६ देखि १८ गते सम्म संचालन गरेको पारा तेक्वान्दो अनलाईन अन्तराष्ट्रिय कोच सर्टिफिकेट कोर्सबाट तीन प्रशिक्षक उत्तीर्ण भएका हुन् ।
कोर्समा पारा तेक्वान्दोको इतिहास, कोच एडमिनिट्रेसन बाई लज, वर्गिकारण, कम्पिटिसनका नियाम, सेफ गार्डिङ, बायोलोजिकल एस्पेक्ट्स, खेल व्यवस्थापन, एन्टी डोपिङ, कोड अफ इथिक्स, पिएसएस, मनोवैज्ञानिक प्रभावको बारेका अध्ययन गराइएको थियो ।
विश्व तेक्वान्दो संघको पारा समिटिको पारा गेम्सका प्रमुख डब्लुटी (इडुकेटर) उस्मान दिलदार, चकिर चेल्वाटले अनलाइन क्लास तथा प्रशिक्षण संचालन गरेका थिए ।
कोर्सपछि १०० पुर्णाङको परिक्षा लिइएको थियो । जसमा तीनै प्रशिक्षकले शतप्रतिशत अंक ल्याएका थिए । कोर्स अनुसार ७० प्रतिशत अंक ल्याएका उत्तीर्ण हुने व्यवस्था थियो ।