एजेन्सी । अमेरिकाको चर्चित बास्केटबल प्रतियोगिता एनबीएको उपाधिका लागि मायामी हिट र लस एन्जलस लेकर्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
फ्लोरिडामा सोमबार हिटले इस्टर्न कन्फेरेन्सको उपाधि जित्दै फाइनल्समा लेकर्सलाई प्रतिद्वन्दी पाएको हो ।
इस्टर्न कन्फेरेन्सको फाइनलमा हिटले बोस्टन सेल्टिक्सलाई १२५–११३ ले पराजित गर्यो ।
हिटको जितमा कप्तान बाम एडिबायोले १४ रिबाउण्ड सहित सर्वाधिक ३२ अंक जोडे । जिमी बट्लरले २२ अंकको योगदान दिए ।
सेल्टिक्सका जेलन ब्राउनले २६ अंक जोड्दा जेसन टाटमले २४ अंक जोडे ।
अब फाइनल्समा हिटले लेकर्ससँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।