मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

फुटसलको मापदण्ड बनाउन राखेपलाई निर्देशन

बिहिबार, ०८ आश्विन २०७७हिम बिक्रम केसी
फुटसलको मापदण्ड बनाउन राखेपलाई निर्देशन
Loading ad...
mustang rice ad

काठमाडौं । सरकारले फुटसल सहित खेलकुद तथा मनोरञ्जन केन्द्रको पूर्वाधार निर्माण तथा सञ्चालनको मापदण्ड बनाउन निर्देशन दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले नयाँ ऐन अनुसार फुटसल, पौडीपोखरी, जीम जस्ता खेलकुद तथा मनोरञ्जन केन्द्रको सञ्चालनका लागि मापदण्ड तयार गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको हो ।

पछिल्लो समय शहर बजारमा फुटसल, पौडीपोखरी र जीमको व्यवसाय फस्टाएको छ । तर सो व्यवसाय सरकारको कानुनी दायरा बाहिर रहेको थियो । फुटसल, पौडी र जीम सञ्चालनको नियमन गर्ने कानुनसमेत सरकारसंग थिएन ।

तर नयाँ खेलकुद विकास ऐनले फुटसल, पौडीपोखरी, जीम जस्ता खेलकुद सञ्चालनको मापदण्ड बनाउने व्यवस्था गरेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ९ को ण अनुसार नीजि क्षेत्रबाट सञ्चालन हुने फुटसल, पौडीपोखरी, जीम जस्ता खेलकुद तथा मनोरञ्जन केन्द्रको पूर्वाधार निर्माण एवं सञ्चालन गर्न मापदण्डन निर्धारण लागि मन्त्रालयमा सिफारिस गर्ने प्रावधान उल्लेख छ ।

सोही प्रावधान अनुसार मन्त्रालयले फुटसल लगायतका खेल सञ्चालनको मापदण्ड बनाउन र नियमनको सहजीकरणका लागि राखेपलाई पत्राचार गरेको हो ।

‘फुटसल, पौडीपोखरी र जीममा सरकारले अनुगमन गर्ने गरेको छैन । यसअघि कसैले पनि गरेको थिएन । कानुन पनि थिएन ।’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर नयाँ ऐनले मापदण्ड बनाएर अनुगमनको व्यवस्था गरेको छ । सोही अनुसार फुटसल लगायतका व्यवसाय सञ्चालनको मापदण्ड र नियमन आवश्यक देखिएको छ ।’

सरकारको मापदण्ड र नियमन नहुँदा फुटसल, पौडी र जीममा व्यवसायीको मनोमानी छ । व्यवसायीले आफु खुसी सर्वसाधारणबाट शुल्क उठाउने गरेका छन् ।

सरकारले अब फुटसल लगायतका खेललाई समेत कानुनी दायमा ल्याउन पहल थालेको हो । सोही अनुसार राखेपलाई मापदण्ड र अनुगमनको सहजीकरणका लागि मन्त्रालयले निर्देशन दिएको छ ।

फुटसल पछिल्लो समय शहर बजारमा लोकप्रिय छ । सरकारको अनुगमन नपुगेपनि देशभर करोडौको लगानीमा फुटसल सेन्टर निर्माण हुने क्रम बढेको छ । अहिलेपनि झण्डै सयको हाराहारीमा फुटसल सेन्टरहरु देशभित्र निर्माण भएका छन् । व्यवसायीले अवौंको लगानी गरेका छन् ।

बुधबारमात्र फुटसल व्यवसायी संघले लकडाउनले आफ्नो व्यवसाय धरासायी बनेको भन्दै सरकारको अनुमती बेगरनै फुटसल सञ्चालन गर्ने निर्णय गरेका थिए ।

सुरक्षित तरिकाले व्यवसाय सञ्चालन गर्ने अनुमती माग्दा सरकारले वेवास्ता गरेको उल्लेख गर्दै संघले शुक्रबारबाट फुटसल सेन्टरहरु सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !